परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा शेना द्धारा सञ्चालित निशुल्क स्वास्थ्य सेवा शिविरमा ३ हजार बढीले सेवा लिएका छन् ।
जिल्लाको ग्रमिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुच बाट टाढा रहेका स्थानिय नागरीकहरुले शेना द्धारा संचालित उक्त शिविरमा स्वास्थ्य अवस्थाको जाँच गराएका छन् ।
प्रतापपुर गाउँपालिका वडा नं. ७ जगरनाथपुर मा रहेको श्री गणेश मा.वि. विद्यालयमा स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाँटी, छाला, हाडजोर्नी, आँखा र दाँत लगायत विभिन्न १३ वटा रोगहरुको स्वास्थ्य जाँच गरीएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनु भएको छ । शिविरमा १७ जना विशेषज्ञ चिकित्सक सहित ५४ जना स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । विशिविरमा सबै भन्दा बढि जेष्ठ नागरीकहरु ले सेवा लिएका थिए । खासगरी विशेषज्ञ रोगका चिकित्सकहरु को स्वास्थ्य सेवाको पहँुचमा नभएका नागरीकहरु ले उक्त सेवा लिएपछि खुशि व्यक्त गरेको प्रमुख सेनानी श्रेष्ठले भन्नु भयो ।
प्रतापपुर गाउँपालिका र देवदह मेडिकल कलेजको सहयकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो । जस्मा प्रतापपुर गाउँपालिका, जिल्ला अस्पताल र केहि स्थानिय स्वास्थ्य संस्थाहरुको सहयोगमा करीब ८ लाख बराबरको निशुल्क औषधी रहेको थियो ।