Thursday, December 5, 2024
घरतिनाउ नदिले जल सतहकाे खतरा तह पार

तिनाउ नदिले जल सतहकाे खतरा तह पार

- Advertisement -spot_img

बुटवल,  १९ असार ।

बुटवलकाे तिनाउ नदिले जल सतहकाे खतरा तह पार गरेकाे छ ।
लगातार अविरल वर्षाकाे कारण खतराकाे सतह पार गरेकाे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भएकाे हाे ।  तिनाउ नदीले खतराको तह पार गरेपछि जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरिएकाे पाण्डेले भन्नु भयाे ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ । तिनाउ लगायत रुपन्देहीका अन्य नदीहरूमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

जिल्लास्थित सुरक्षाका तीनै वटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले  रातोपाटीलाई बताए।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्