Wednesday, June 12, 2024
घरखेलकूदताप्लेजुङ गोल्ड कपमा सेमिफाइनलका खेल आजदेखि

ताप्लेजुङ गोल्ड कपमा सेमिफाइनलका खेल आजदेखि

- Advertisement -spot_img

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत सोमबार आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छ । गत बिहीबारदेखि जारी प्रतियोगिताको क्वार्टर फाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलका खेलहरू हुने भएको हो ।

क्वार्टर फाइनल खेलअन्तर्गत आइतबार भएको अन्तिम खेलमा भारत, दार्जिलिङको युनाइटेड खर्साङ फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै झापा बिर्तामोडको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । यसअघि स्थानीय आयोजक टोली माना भरा रिपोर्टिङ क्लबलाई ट्राई बेकरमा ५–४ गोलले पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी सेमिफाइनलमा पुगेको छ ।

यस्तै इलामको रेड हर्ष फुटबल क्लब झापा दमकको गोर्खा रिपोर्टिङ क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको छ । सेमिफाइनल पुग्ने अर्को टोली मोरङको पथरी–११ रहेको छ । पथरी–११ ले पाँचथर रिपोर्टिङ क्लबलाई २–० गोल गरी पराजित गरेको थियो ।

सोमबारको सेमिफाइनल खेल जुट विकास फुटबल एकेडेमी इटहरी र पथरी–११ मोरङबिच हुने छ । सेमिफाइनलको दोस्रो खेलमा मङ्गलबार रेड हर्ष फुटबल क्लब इलाम र रेड स्टार फुटबल क्लब भिड्ने छन् । सेमिफाइनलका विजेता बुधवार फाइनलमा अर्थात् उपाधिका लागि खेल्ने छन् । 

लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताका विजेताले तीन लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । आजको गोरखापत्रमा छापिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्