Thursday, December 11, 2025

डोम समाजको भत्ता, निशुल्क शिक्षा र रोजगारी लगायतको माग

परासी, असोज १४ । पश्चिम नवलपरासीको सदरमुकाममा डोम विकास समाजले विरोध ¥याली गर्दै विभिन्न मागहरु गरेकाे छ।

डोम समाजका अगुवाहरुले सोमवार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र मार्फत सरकारसंग भत्ता, निशुल्क शिक्षा, रोजगारी लगायत माग गरेको डोम समाज नवलपरासीका अध्यक्ष नथई डोमले बताउनु भएको छ । यसैगरी स्थानीय निकाय तथा अन्य संघ संस्थामा कार्यरत डोम जातीका करार कर्मचारीलाई स्थायी गर, भुमहीन तथा सड्क पेटीमा बसोबास गर्ने डोमलाई लाई भुमि व्यवस्था, विना धितो तीन लाख सम्म क्राृण, दलित भत्ता र डोम समुदायको बुङ्गुर पालन व्यवसायलाई निरन्तरता पाउने व्यवस्थाको माग गरी १२ बुँदे माग रहेको नथईले भन्नु भयो । उहाँले भन्नु भयो, “डोम जातीको नाममा लालपुर्जा नभई ऐलानी भूमिमा बसोबास गर्दा स्थानीय तहले पटक–पटक उठिबास गराउने तथा घर भत्काउने भएकोले हामिलाई भूमिको व्यवस्था सरकारले गर्दिनुपर्छ ।” तराईमा रहेका पथ्थरकट (पथ्थर काट्ने जाती) जस्तै डोम जाती भएतापनि उनिहरुलाई भत्ता दिने तर डोमलाई नदिने नितिलाई परिवर्तन गरी डोमलाई पनि उक्त व्यवस्था गर्नुपर्नेे नथईले बताउनु भयो ।

पश्चिम नवलपरासीमा डोम समुदायको जनसंख्या न्युन रहेको छ । खासगरी तराईमा बस्ने डोम जातीले बाँसबाट विभिन्न प्रकारको हस्तसमाग्री बनाउने र झाडुबहारु (सरसफाई) गरेका छन् । उनिहरुले बाँसबाट बनाएको हस्तसमाग्री तराईको विवाहमा र छठ पूजामा समेत प्रयोग हुने गरेको पाईन्छ ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार