Sunday, January 19, 2025
घरपर्यटनडेढसय वर्ष पुरानो मन्दिरमा शिवरात्री महोत्सव

डेढसय वर्ष पुरानो मन्दिरमा शिवरात्री महोत्सव

- Advertisement -spot_img

परासी, फागुन २३ । पश्चिम नवलरपरासीको सरावल गाउँपालिका–२ को अत्रहट्टीमा रहेको शिवमन्दिरमा शिवरात्री स्वर्ण महोत्सव हुँदैछ । करिब डेढ सयवर्ष पुरानो मन्दिरमा शिवरात्रीको अवसरमा महोत्सव हुने लागेको छ ।

जिल्लाको सबै भन्दा पुरानो भनेर दावि गरिएको उक्त मन्दिरमा शिवरात्री मेलाको ५०औं वर्षमा स्वर्ण महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । उक्त मन्दिरमा विगत ५० वर्ष देखि महाशिवरात्रीको अवसरमा मेला लाग्दै आएको छ । यस वर्ष मेला आयोजनाको ५० वर्ष पुरा हुने अवसरमा स्वर्ण महोत्सवका साथ मेला संञ्चालन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले जानकारी बताउनु भएको छ । उक्त शिवमन्दिर विक्रम संवत १९३७ मा निर्माण भएको ईतिहास देखिएको छ । मन्दिरमा राखिएको घन्टा तथा गेटमा सो मिति उल्लेख गरिएको छ । त्यसतै २०१९ साल देखी उक्त स्थानमा शिवरात्रिको अवसरमा मेला लाग्दै आएको छ ।

सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले मन्दिरलाई विकास गरि पर्यटन संग जोड्ने बताउनु भएको छ । जिल्लाको सबैभन्दा पुरानो मन्दिर भनेर दावि गरिएको उक्त मन्दिरको लागि गाउँपालिकाले पैसा छुट्याएर विकास समेत गर्ने तयारीमा रहेको भन्नु भएको छ । उहाँले यस मन्दिरलाई गहनाको रुपमा लिनु भएको छ । अध्यक्ष चौधरीले मन्दिरको धुनी व्यवस्थापन र मेला संञ्चालनका लागी वडा र पालिकाबाट १२ लाख बढि बजेट विनियोजन गरेको जानकारी दिुनभएको छ । साथै उहाँले पर्यटकिय तथा धार्मिक केन्द्रको रुपमा विकास गर्न उक्त मन्दिरका लागी थप जग्गा व्यवस्थापन र पोखरीको सौन्र्दयकरण प्रतिवद्धता समेत गर्नु भएको छ ।

मेलाको स्वर्ण महोत्सवको अवसरमा विभिन्न सांस्कृतीक तथा खेलकुदका कार्यक्रम आयोजना गरिएको आयोजक समितिका प्रवक्ता प्रकाश भट्टराईले बताउनु भएको छ । उक्त महोत्सव फागुन २४ देखी २७ गतेसम्म सञ्चालन हुने छ । मेलामा विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुती संगै नजिकै रहेको पोखरीमा डुङ्गा सफारीको व्यवस्था समेत गरिने उहाँले भन्नु भएको छ । भने कबड्डी र भलिबल प्रतियोगिता पनि आयोजना गरिएको भट्टराईले जानकारी दिनुभयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्