Wednesday, October 9, 2024
घरराजनीतिठूला व्यक्ति पनि भ्रष्टाचारमा संलग्न भए कानुनको दायरामा ल्याउनुपर्छ: राष्ट्रपति पौडेल

ठूला व्यक्ति पनि भ्रष्टाचारमा संलग्न भए कानुनको दायरामा ल्याउनुपर्छ: राष्ट्रपति पौडेल

- Advertisement -spot_img

काठमाडौं, माघ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिनु भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउन सुझाव दिनु भएकाे हाे ।

‘आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचार उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् । बरु ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरुलाई कानूनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिन्छु,’ राष्ट्रपति पौडेलले भन्नुभएकाे हाे ।

अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह गर्नुपर्छ उहाँले बताउनु भएकाे छ ।

राष्ट्रपति पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै गएको देखिनु दुःखद् रहेकाे बताउनु भएकाे छ । ‘हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विषयहरु प्रकाशित भएका हुन्छन् । यस्ता खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्छ,’ उहाँले भनुभएकाे छ । अनलाइनखबर

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्