परासी वैशाख २८ । पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका ५ तरैनी वस्ने सिधु कंकरको छोरा १३ वर्षिय गोलु (रोहीत) कंकरको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं. ३ स्थित विगैपको भित्रि सड्कखण्ड कुडिया देखि रतनगंज जाँदै गरेको लु ३ त २८४ नं.को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा गोलुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनु भएको छ । शुक्रवार दिउँसो ४ बजे ट्याक्टर दुर्घटना भई घाईते भएका गोलुलाई उपचारका लागि जिल्ला स्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याएपछि डक्टरले मृत घोष्णा गरेको सूचना अधिकारी बोहराले बताउनु भएको छ ।
यसैगरी ट्याक्टर दुर्घटनामा सोही गाउँपालिका ४ नर्सही वस्ने २१ वर्षिय सुकई मल्लाह गम्भीर घाईते भएका छन् । उनलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवा स्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।