अमेरिका (डालास), जेठ २०। आइसिसी टी-२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ ।
जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हराउँदै समूह ‘ए’ मा रहेको अमेरिकाले दुई अङ्क बनाएको छ ।
अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । उहाँले ४० बलमा चार चौका र १० छक्काको सहयोगमा उक्त रन बनाए ।
यस्तै एन्ड्रिस गौसले ६५ र कप्तान मोनांक पटेलले १६ रन बनाउनुभयो । स्टिभ टेलर शून्य रनमा एलबी डब्लू धरापमा पर्नुभयो । बलिङमा क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । उहाँले ४४ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए।
यस्तै निकोलस किर्टोनले ५१, श्रेयस मोभ्भाले अविजित ३२, आरोन जोनसनले २३ र र दिलप्रीत बजुवाले ११ रन बनाए।