Thursday, January 16, 2025
घरअन्तर्राष्ट्रियटर्कीद्वारा आफ्ना १० खुशी शहरहरू घोषणा

टर्कीद्वारा आफ्ना १० खुशी शहरहरू घोषणा

- Advertisement -spot_img

काठमान्डाैं, भदाैं ४ । टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले सोमवार टर्कीका शहरहरूको लागि आफ्नो खुशीको ¥याकिङ जारी गरेको छ । कालो सागर क्षेत्रमा रहेको देशका ८१ प्रमुख शहरहरूमध्ये सिनोप ७७.६६ प्रतिशतमा शिर्ष स्थानमा छ ।

टर्किस स्ट्याटिस्टिकलका अनुसार ७६.४३ प्रतिशतको खुशी दरका साथ सिनोपलाई पश्चिमी एजियन क्षेत्रको अफ्योन्काराहिसरले पछ्याएको छ । पूर्वी एनाटोलिया शहर बेबर्ट ७५.९१ प्रतिशतका साथ तेस्रो स्थानमा छ भने मध्य एनाटोलियाको किरिक्कले ७५.४८ प्रतिशतको खुशी दरका साथ चौथो स्थानमा छ । एजियन क्षेत्रको कुटाह्या सहरको खुशी दर ७३.७६ प्रतिशत रहेको छ भने मध्य एनाटोलियाको कानकिरीमा ७३.५ प्रतिशत रहेको छ । ब्ल्याक सी शहर डुज्सेले ७२.७७ प्रतिशत खुशीको दर देखाएको छ भने एजियन क्षेत्रमा रहेको उसाकले ७२.३४ प्रतिशतको साथ पछ्याएको छ  ।

दक्षिणपूर्वी एनाटोलियामा रहेको सिर्टले ७१.६५ प्रतिशतको खुशी दरको रिपोर्ट गरेको छ भने दक्षिणपूर्वमा रहेको सिरनाकमा ७१.३६ प्रतिशत रहेको छ । 
सिन्ह्वा/न्युज एजेन्सी नेपालले

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्