Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियटर्कीको जङ्गलमा लागेको डढेलोले गाउँसम्म फैलियो, सयौँ बिस्थापित

टर्कीको जङ्गलमा लागेको डढेलोले गाउँसम्म फैलियो, सयौँ बिस्थापित

- Advertisement -spot_img

भदाैं २ । टर्किएको पश्चिमी बन्दरगाह शहर इज्मिरको जंगलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा बिस्थापित भएका छन् ।

कर्सियाका जिल्लामा शुरु भएको आगलागी तेस्रो दिनमा प्रवेश गरेको र आवासीय इलाका र एक औद्योगिक क्षेत्रमा फैलिएको छ । हुर्रियत दैनिकले विस्थापित नागरिकको संख्या ९ सय पुगेको जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै कुनै मानवीय क्षति नभएको बताइएको छ । कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले आगामी साता धेरै कम आर्द्रता, अत्याधिक हावा र उच्च तापक्रम रहने चेतावनी दिनुभएको छ । सम्भव भएसम्म बन्द क्षेत्र बाहिर आगो बाल्न नहुने सल्लाह दिनुभयो ।

युमाक्लीले शनिबार बिहान घटनास्थलमा पुगेर देशभर ७२ वटा आगलागी भएकोमा ४५ नियन्त्रणमा रहेको र बाँकी २७ वटालाई सम्बोधन गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो । 
सिन्ह्वा/न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्