Thursday, December 5, 2024
घरअर्थजीईएफको ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा.महत

जीईएफको ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा.महत

- Advertisement -spot_img

काठमाडौं, भदौ ७ गते । अर्थ मन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुनुभएको छ ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार क्यानाडाको भ्यानकुभरमा आज (बिहीबार) आयोजित सम्मेलनमा सहभागी हुनुहुँदै मन्त्री महतले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गर्नुभएको छ ।

सो अवसरमा विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका निर्देशक डा. ग्रेथल अग्वीलरसँग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतिहरू एवम् त्यसको न्यूनीकरण गर्ने उपायहरू बारेमा छलफल गर्नुभयो ।

द्विपक्षीय बैठकका क्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धीको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी, मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको सङ्ख्यामा तेब्बर वृद्धि तथा गैंडाको सङ्ख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिनुभएको थियो ।

यो उपलब्धीका साथै नेपालमा मानव र जङ्गली जनावरबीच द्वन्द्वको सिर्जना भएको र  यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नुपरेको जानकारी समेत उहाँले दिनुभएको थियो ।

यसैगरी, मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणका लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूका लागि जोखिम बिमा तथा स्वरोजगार एवम् आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगका लागि आग्रह समेत गर्नुभएको थियो ।

यसैक्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै वित्तीय स्रोतको आवश्यकता रहेको विषय पनि उल्लेख गर्नुभएको थियो । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्त हुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नुपर्नेमा जोड दिनुहुँदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७ औं विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागिता रहेको छ भने सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ । Gorkhapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्