Thursday, January 16, 2025
घरस्वास्थ्यजिल्ला अस्पतालमा रोकिएको शल्यक्रिया अझै सुरु भएन

जिल्ला अस्पतालमा रोकिएको शल्यक्रिया अझै सुरु भएन

- Advertisement -spot_img

म्याग्दी, माघ २६ गते । जिल्ला अस्पताल मुस्ताङमा गत भदौयता सामान्य खालको शल्यक्रियासमेत नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्ला अस्पतालले दक्ष चिकित्सकको समेत अभाव झेल्न बाध्य भएको छ ।

पर्यटकलाई हाई अल्टिच्युड (लेक लाग्ने) तथा सामान्य दुर्घटना भएमा पनि शल्यक्रियाका लागि चार जिल्ला पार गरेर पोखरा पुग्नुपर्ने बाध्यता मुस्ताङका सर्वसाधारणको छ । सङ्घीयता कार्यान्वयनसँगै मुस्ताङ अस्पताललाई २०७७ सालमा १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिएको छ ।

जिल्लामा रहेको संरचनामै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा उपलब्ध भएका सामग्री पनि जीर्ण बन्दै गएको जोमसोमका व्यवसायी अमृत सुवेदीको भनाइ छ । 

उहाँले भन्नुभयो, “कसैलाई कुनै जटिल समस्या भएको खण्डमा तत्काल उपचार गर्न कि बेनी कि पोखरा पु¥याउनु पर्छ ।” मुस्ताङ अस्पतालमा अहिले पछिल्लो छ महिनादेखि एमडिजिपी चिकित्सक नहुँदा शल्यक्रिया तथा सामान्य चिरफारका लागि पनि मुस्ताङले माथिल्लो अस्पतालका लागि सिफारिस गर्नुपर्ने बाध्यता छ । 

२५ शøयाको मुस्ताङ जिल्ला अस्पतालमा एक जना नवौँ तहका चिकित्सकसहित जम्मा १८ जनाको दरबन्दी छ तर अस्पतालले नवौँ तहको चिकित्सक नै व्यवस्थापन गर्न सकेको छैन । हाल मुस्ताङ जिल्ला अस्पतालमा आठौँ तहको स्थायी चिकित्सकसहित अरू दुई जना करारका एमबिबिएस चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट तेजस नेपालले जानकारी दिनुभयो । 

२०७८ सालमा अस्पताल व्यवस्थापन समिति र जिल्लाका पाँच स्थानीय तहका जनप्रतिनिधिले अस्पतालमा एमडिजिपी चिकित्सक भर्ना गर्ने र सबै स्थानीय तहले मासिक २० हजार रुपियाँ अस्पताललाई उपलब्ध गराउने सहमति गरेका थिए । अस्पतालले पहिलो पटक एमडिजिपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ अस्पतालमा करारमा ल्याएको थियो । 

कर्ण २०७९ साल भदौ ४ गते अस्पतालबाट बिदा हुनुभयो । त्यसको छ महिनापछि तत्कालीन मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीको पहलमा अर्का एमडिजिपी चिकित्सक मुखिया घलेलाई मुस्ताङ अस्पताल ल्याइएको थियो । 

डा. घले २०८० भदौ १७ गते अस्पतालबाट गएपछि हालसम्म अर्को व्यक्ति ल्याउन नसकिएको डा. नेपालको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले पनि प्रयास गरिरहेको छु । कुरा सकारात्मक देखिएको छ हेरौँ के हुन्छ ।”

मुस्ताङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले अस्पतालका लागि एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिदिन सम्बन्धित निकायमा धेरै पटक अनुरोध गरेको बताउनुहुन्छ ।  कुल १८ जनाको दरबन्दी भएको अस्पतालमा हाल एक जना आठौँ तहका निमित्त मेडिकल सुपरिन्टेन्डेन्टसहित आठ जना कर्मचारी मात्रै कार्यरत छन् । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्