Thursday, January 16, 2025
घरसमाजजाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १३६ जनाको मृत्यु, १६६ जना घाइते

जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १३६ जनाको मृत्यु, १६६ जना घाइते

- Advertisement -spot_img

काठमान्डाैं, कात्तिक १८ । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ । 

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार भूकम्पमा परी जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जना गरी अहिलेसम्म १३६ जनाको मृत्यु भएको छ । भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी  १६६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा घाइते भएका ८१ मध्ये ३३ जना जाजरकोटमै उपचाररत रहेको र २२ जनालाई भने थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । यस्तै, रुकुम पश्चिममा घाइते भएका ८५ मध्ये ४० जना उपचाररत छन् भने १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज पठाइएको छ । ४० जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पमा गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा क्षति पुर्‍याएको छ । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्