Friday, March 21, 2025
घरसमाजजाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न प्रधानमन्त्री प्रचण्डको...

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न प्रधानमन्त्री प्रचण्डको अपिल

- Advertisement -

काठमान्डाैं, कात्तिक १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् । गएराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गरेका थिए । प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् ।

यस्तै, सरकारले जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल पाँच-पाँच करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ८ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । शिलापत्र अनलाइन
 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्