Wednesday, April 17, 2024
घरसमाचारजलवीरे पिकनिक गएकाहरू चढेको बस बारामा दुर्घटनाः एक जनाको मृत्यु, ४१ घाइते

जलवीरे पिकनिक गएकाहरू चढेको बस बारामा दुर्घटनाः एक जनाको मृत्यु, ४१ घाइते

- Advertisement -spot_img

बारा, कात्तिक १२ । बाराको जितपुर सिमरा उपमहानगरपालिका- २ मा शनिबार राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको जलवीरे झरनाबाट पिकनिक मनाएर वीरगञ्जतर्फ फर्कंदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटना भएको हो । त्यसमा परी एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

वीरगञ्जको टाइगर युवा क्लबले उक्त बस रिजर्भ गरेर पिकनिकका लागि लगेको थियो । पिकनिकबाट वीरगञ्जतर्फ फर्कने क्रममा स्कुटरलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भएर सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किँदा दुर्घटना भएको बसमा सवार यात्रुले बताएका छन् ।

उक्त बसमा ५१ जना सवार थिए । त्यसमध्ये १२ जना महिला रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाहरूको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमै एक जनाको मृत्यु भए पनि प्रहरीले अझै मृतकको पहिचान खुलाएको छैन ।

बसका चालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्