Thursday, December 11, 2025

जङ्गली च्याउ खाँदा सात जना बिरामी

हेटौँडा, असार २० । मकवानपुरको भीमफेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । भीमफेदी गाउँपालिका .६ स्थित उर्लाघारीका एकै परिवारका सदस्यहरूले जङ्गली च्याउ खाई बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

च्याउ खाएर बिरामी हुनेमा स्थानीय वर्ष ६५ की मङ्गली माया स्याङ्तान, निजको छोरा वर्ष ३२ का बुद्धिबहादुर स्याङ्तान, बुद्धिबहादुरका श्रीमती वर्ष ३० की पासाङ मायाँ स्याङ्तान, छोरा वर्ष का लासाङ स्याङ्तान, वर्ष १९ की लक्ष्मी मायाँ स्याङ्तान, वर्ष १५ की पार्वती स्याङ्तान र वर्ष ७ की  आरती स्याङ्तान छन् । 

प्रहरीका अनुसार मङ्गली मायाँ स्याङ्तान र  लक्ष्मी मायाँ स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बाँकी पाँच जनालाई थप उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको छ ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार