Friday, December 6, 2024
घरशिक्षाछोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नगरपालिकाको नीति

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नगरपालिकाको नीति

- Advertisement -spot_img

परासी, माघ १४ । पश्चिम नवपलरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । पालिकाको सुविधा खाने सबैका छोराछोरीहरु सामुदायिक विद्यालयमा पढाउनु नीति तथा कार्यक्रमल नगरपालिकाले बनाएको छ ।

नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतको सुविधा खानेहरुले छोराछोरीहरु लाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरपालिका प्रमुख (मेयर) विमला अर्यालले बताउनु भयो । नगरपालिकाको आ.व. २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिए अनुसार सुविधा खाने शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्नो छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा नै पढाउनु उल्लेख गरिएको नगर प्रमुख अर्यालले भन्नु भयो । यसरि पालिका भित्र रहेको शैक्षिक संस्थाको गुणस्तरमा वृद्धि समेत हुने उहाँले भन्नु भएको छ । यो नीति तथा कार्यक्रमले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधार तथा वृद्धि गर्न सबैको चाँसो समेत हुने नगर प्रमुख अर्यालको भनाई छ ।

सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्ष देखि नै अभियान चलाएको थियो । जसअनुसार धेरै शिक्षकहरुले आप्mना छोराछोरीहरु लाई सामुदायिक विद्यालयमा नै भर्न गरेका थिए । यस वर्षदेखि भने नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर सबैका छोराछोरीलाई सामुदायिकमा भर्ना गराउन अनिवार्य गरेको छ । अहिले नगरपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम आउने शैक्षिक सत्रबाट लागु हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक कोषबाट तलब भत्ता तथा सुविधा खाने ३ सय ६७ जना रहेका छन् । जसमा ज्यालादारी सहितका अन्य २ सय ११ जना कर्मचारी र सामुदायिक विद्यालयका निजि स्रोत बाट ८८ जना र सर्शत अनुदान बाट अन्य शिक्षकहरु रहेका छन् । पालिका भित्र ३५ वटा सामुदायिक विद्यालयहरु रहेको छ । यसमा ३ वटा विद्यालयलाई नगरपालिकाले नै अनुमति दिएर सञ्चालन गरेको छ । जसमा गुरुकुल, मदरसा र लुम्बिनी समाता महिला विद्यालय रहेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्