Thursday, January 16, 2025
घरस्वास्थ्यचीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

- Advertisement -spot_img

बेइजिङ, पुस २६ । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ ।

एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ निम्त्याउँछ र यो घातक हुनसक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो । कङ्गोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।

डब्लुएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १बीको समूहगत प्रकोप फेला परेको बताए । यसको सङ्क्रमणको स्रोत डिआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ ।

बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट सङ्क्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षणहरू देखिएको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले विज्ञप्तिमा बताएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्