परासी, माघ ७ । चिसाे बढेपछि नेपाली सेनाले आगाे ताप्नका लागि दाउरा वितरण गरेकाे छ । पछिल्लो २ दिन देखि जिल्लामा बढेकाे अत्याधिक चिसाेका कारण चिसाे बाट बच्नका लागि नेपाली सेना गाेरख दल गण नवलपरासीले चाेक-चाेकमा दाउरा वितरणा गरेकाे हाे ।
जिल्लाकाे रामग्राम नगरपालिका , सुनवल नगरपालिका र पाल्हिनन्दन गाउँपालिकामा वितरण गरेकाे गाेरख दल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनु भयाे । रामग्राम नगरपालिकाकाे सहुबाटिकर, सुनवल नगरपालपकाकाे बिचयापुर, मुसहर बस्ती, बडेरा, राताे चाैतारि र पाल्हिनन्दन गाउँपालिकाकाे बेलासपुर, पाल्हि भगवती मन्दिरमा आगाे ताप्नका लागि दाउरा वितरण गरिएकाे सेनानी श्रेष्ठले बताउनु भएकाे हाे ।
शितलहर तथा चिसोबाट प्रभावित बस्तिहरु र चाेकहरू पहिचान गरि सामुहिक रुपमा दाउरा वितरण गरिएको गाेरख दल गणले जनाएको छ ।