Thursday, January 16, 2025
घरअन्तर्राष्ट्रियचिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बेइजिङमा वार्ता

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बेइजिङमा वार्ता

- Advertisement -spot_img


काठमाडौं,असार ४ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन ग्याङबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

दुईदिने भ्रमणका लागि अमेरिकी विदेशमन्त्री आइतबार बेइजिङ पुगेका थिए । बेइजिङमा चिनियाँ विदेशमन्त्रीसँग ‘स्पष्ट, ठोस र रचनात्मक’ वार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

विश्वका दुई महाशक्ति र ठूला अर्थतन्त्रका शीर्ष अधिकारीबीच पाँच वर्षको अवधिमा पहिलोपटक वार्ता भएको हो । यो वार्ताले थप उच्चस्तरीय वार्ताका लागि बाटो खुला गर्ने ठानिएको छ ।

“विदेशमन्त्रीले कूटनीतिको महत्त्वलाई जोड दिनुभयो र गलत धारणा र गलत गणनाको जोखिम कम गर्नका लागि सम्पूर्ण मुद्दामा सञ्चारको खुला च्यानल कायम राख्नेमा जोड दिनुभयो,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ विदेशमन्त्री छिन ग्याङले चीनले संयुक्त राज्य अमेरिकासँग ‘स्थिर, अनुमानित र रचनात्मक’ सम्बन्ध निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

ब्लिन्केनले चिनियाँ विदेशमन्त्री ग्याङलाई वासिङगटन डीसीको भ्रमण गर्न निम्तो दिएका छन् ।

दुवै पक्ष वार्ता जारी राख्न र उपयुक्त समयमा पारस्परिक भ्रमणको तालिका बनाउन सहमत भएका छन् । अलजजिराबाट ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्