Friday, December 6, 2024
घरसमाचारबस र ट्रक एकापसमा ठोक्किए, १० जना घाइते 

बस र ट्रक एकापसमा ठोक्किए, १० जना घाइते 

- Advertisement -spot_img

चितवन, साउन २८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् ।  

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४७९९ नम्बरको बस र ना ६ ख ५९२७ नम्बरको ट्रक सोमबार बिहान एकापसमा ठोक्किएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनु भएकाे हाे । घाइतेमध्ये सात जनाको अवस्था मध्यम छ भने तीन जनाको अवस्था सामान्य छ । 

घाइतेहरू मध्ये चार जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले दुवै सवारीसाधन सहित बस चालक जिल्ला सप्तरी तिरुत गाउँपालिका-२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ । शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्