Sunday, March 16, 2025
घरसमाचारचितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते

चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते

- Advertisement -

नारायणगढ, माघ २७ । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खस्दा सो दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । चितवन मेडिकल कलेजमा  घाइतेको उपचार भइरहेको छ । अहिले  घटनास्थलमा प्रहरी  र स्थानीय मिलेर उद्धारको कार्य जारी राखेको प्रहरीको भनाइ छ । बसमा २९ जना  यात्रु सवार रहेका थिए । 

घाइते हुनेहरुमा जिल्ला दैलेख नौवुने गाउँपालिका बस्ने बर्ष ३० कि निशा शाही, बर्दिया मधुवन नगरपालिका  ३ का  वर्ष ४१ को सेतुबहादुर घर्ती मगर, बर्दिया बासगढी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ३० कि गीता राउत ओली, बाँके राप्ती सुनारी गाउँपालिका ३ बस्ने वर्ष ३८ कि पार्वती राजकोटी, बर्दिया बासगढी नगरपालिका ८ बस्ने वर्ष ३९ को दिनेशबहादुर रिजाल, जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका २ बस्ने वर्ष २३ कि रञ्जना महत्तो, बाँके नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३१ को रामलखन चौधरी रहनुभएको छ । 

त्यस्तै, नुवाकोट विदुर नगरपालिका वडा नं ७ बस्ने वर्ष २८ कि प्रियना तामाङ, बाँके कोहलपुर नगरपालिका ५ बस्ने वर्ष ३८ को पूर्णबहादुर मल्ल, बाँके नगरपालिका ३ बस्ने वर्ष २५ कि पूजा कठायत, बाँके कोहलपुर नगरपालिका ४ मदनचोक बस्ने वर्ष ३४ की राधा शाही, बर्दिया बाँसगढी नगरपालिका पाँच बस्ने वर्ष ३१ को एमन राना, बाँके शमशेरगञ्ज गाउँपालिका ८ बस्ने वर्ष ३५ कि दिल कुमारी मगर, शमशेरगञ्ज बस्ने वर्ष १४ को अभिषेक मगर, शमसेरगञ्ज बस्ने वर्ष १२ कि अस्मी मगर, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष १७ को मनन बुढा क्षेत्री,  कैलाली लुम्कीचुवा नगरपालिका ८ बचौली बस्ने वर्ष १८ को महेश कठायत, सुर्खेत वीरेन्द्र नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश चौधरी, बर्दिया नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने वर्ष ३९ की रिता घर्ती, काठमाडौँ चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष ५० को पारस पाण्डे, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष २७ को राजनगिरी बसचालक, बाँके कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ५१ को  इन्द्रबहादुर थापा मगर र सल्यान वनघाट कुपिन्डे नगरपालिका ५ बस्ने बर्ष २५ को सुजन खत्री रहेको प्रहरीले जनाएको छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्