Thursday, December 11, 2025

चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने

काठमाडौँ, भदौ ३१ गते ।  चिकित्सक माथि आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्। हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आज देशभर आकसमिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

चिकित्सक संघले शनिवार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ।

जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ ।  यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीको सुनिश्चित हुनुपर्ने पनि उनीहरूको माग छ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार