Monday, July 15, 2024
घरस्वास्थ्यचिकित्सक भन्छन्–मन्त्री सिंहको टाउकोमा चोट, २ जनाको घटनास्थलमै मृत्यु

चिकित्सक भन्छन्–मन्त्री सिंहको टाउकोमा चोट, २ जनाको घटनास्थलमै मृत्यु

- Advertisement -spot_img

धनगढी,०५ असार । सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ ।

दुर्घटनापछि उनलाई बझाङस्थित रितु पोलिक्लिनिकमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको हो । साथै उनको नाकबाट अत्यधिक रक्तश्राव भएको पोलिक्लिकका डाक्टर रञ्जित चौरासियाले बताए । त्यस्तै, उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल भने अधिक रहेको बताइएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो ।

त्यस्तै, उपचारमा संलग्न चिकित्सकले मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको घटना स्लमै मृत्यु भएको बताएका छन् । मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी डडेलधुराबाट बझाङको लागि हिँडेको थियो । source-Ratopati

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्