Thursday, December 11, 2025

चार लाख बढी भुक्तानी रकम लिएको आरोपमा १३ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ असोज १७ गते । बढी भुक्तानी रकम लिएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा बिल भरपाई बनाएर बढी भुक्तानी रकम लिएको आरोपमा रोल्पाको गङ्गादेव गाउँपालिका-२ घोरानेटी सोलार पम्पिङ खानेपानी निर्माण आयोजनामाथि आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

चार लाख ६६ हजार चार सय ८८ रुपियाँ बढी रकम भुक्तानी भएको आयोगले जनाएको छ । मुद्दा दायर हुनेमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकल देव यादव, योजना अधिकृत (सहायक पाँचौँ) कृष्ण बहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब-इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बल बहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, सचिव खडक बहादुर डाँगी, कोषाध्यक्ष चन्द्र कुमारी डाँगी, तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नं.२ का तत्कालीन वडाध्यक्ष भूपाल दमाई, वडा सदस्य टिका वि.क., वडा नं.२ का तत्कालीन वडा सदस्य गन बहादुर भण्डारी र वडा सचिव कुल बहादुर योगी रहेका छन् । 

उहाँहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१० को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी निजहरूबाट बिगो असुलउपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको ठहर गरी सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुने गरी मागवादी आयोगले लिएको जनाएको छ ।   Gorkhaptra online

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार