Sunday, January 19, 2025
घरसमाजचार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

- Advertisement -spot_img

जुम्ला साउन १७ ।  जुम्लाको तिला गाउँपालिका–१ रारागाउँमा ४ करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा ४ करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।

गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईंका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत १ करोड ५० लाख प्राप्त भएको थियो । आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) बाट ९५ लाख र पालिकाले १ करोड १० लाख व्यहोर्नेछ ।

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ ।

यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित ४ करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ । साभारः शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्