परासी, भदौं २५ । आउँदै गरेको चाडपर्वलाई लक्षित गरि बजार अनुगमन हुने भएको छ । पश्चिम नवलपरासीको विभिन्न पालिका तथा बजारहरु मा रहेको व्यवसाय तथा व्यपारलाई भोलि देखि अनुगमन गर्ने पक्रिया अगाडि बढाईएको छ ।
नजिक्दै गरेको दशैं तिहार लक्षित बजार अनुगमन गर्न जिल्ला प्रशासनले निर्णय गरेको छ । खासगरी चाडपर्वको लागि नागरिक लाई चाहिने खद्यान्न तथा विभिन्न आवश्यकता समानहरुमा हुने कालोबजारी तथा ठगिलाई रोक्नका लागि बजार अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बजार अनुगमन उपसमिति गठन गर्नु भएको । उहाँका अनुसार चाडपर्व कै बेलामा नागरिकलाई बजारमा ठगिने सम्भावना बढि भएको हुनाले अहिले देखि नै बजार अनुगमनमा तिव्रता दिन आवश्यक रहेको छ । जिल्लामा रहेका विभिन्न पालिका उप्रमुख, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार, उपभोक्ता हित संरक्षण मंच र उद्योग वाणिज्य संघ नवलपरासीको विचमा छलफल भई बजार अनुगमनको प्रक्रिया अगाडि बढाइएको छ ।
जस्मा बजार अनुगमन निरन्तरता दिदैं पालिकाहरु ले अनुगमनको प्रतिवेद बनाएर जिल्ला प्रशासनमा पठाउने, स्थानिय तहहरुले व्यवस्थित तथा वैज्ञनिक कार्ययोजना बनाएर प्रभावकारी बजार अनुगमन गर्ने, मूल्य सूचि सहित सुफत मूल्यमा गुणस्तरीय बजार संचालनको व्यवस्था मिलाउने तथा कालोबजारी र गुणस्तरहिन समाग्री वेचविखन गर्नेलाई कानूनको दायरामा ल्याउन निर्णय भएको छ । यसैविचमा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यले बजार अनुगमनमा एकरुपता हुन आवश्यक रहेको बताउनु भएको छ । उहाँको अनुसार पालिका पिछे बुझाई वा प्रक्रिया फरक परेपछि काम गर्नै गाह्रो हुने भन्नु भयो । यसरी प्रतिवेदनमा पनि राम्रै कुरा आउने हुन्छ । खासगरी बजारमा तरलता र अनियन्त्रीत बजरा भएको हुनाले फाईदा उठाउने काम पनि हुने गरेको छ । यसैविच कानुनी अस्पष्टता रहेको उहाँको भनाई थियो । यस्तै रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरीले बजार अनुगमनमा निरन्तरता हुन आवश्यक रहेको भन्नु भएको छ । उहाँले बजार अनुगमनले नागरिक ठगि बाट बच्नुका साथै बजार व्यवस्थापन समेत हुने भन्नु भयो ।
बजार अनुगमनको लागि जिल्ला प्रशासनलले घरेलु तथा सना उद्योग कार्यालयका प्रमुख पुरुषोक्तम पौडेलको संयोजक्तवमा ८ सदस्यी समिति गठन गरेको छ ।