परासी, १८ साउन । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा एक मन्दिरका पुजारी माथी चक्कु प्रहार गरि हत्याकाे प्रयास भएकाे छ ।
पाल्हीनन्दन गाँउपालिका वडा नम्बर २ भक्सिपुरमा स्थित रामजानकी मन्दिरका पुजारी ५५ वर्षिय जयसराज पाण्डे माथि चक्कु प्रहार भएको हाे ।
आज दिउसो साढे तिन बजे तिर पाण्डेको टाउकोमा एक व्यक्तिले चक्कु प्रहार गरी मोबाईल लुटेर फरार भएको छ । टाउकोमा चोट लागेका पाण्डेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेयले जानकारी दिनुभयो । घाईते पुजारिकाे पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ । चुक्क प्रहार गर्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।