Friday, December 6, 2024
घरसमाचारचम्पादेवी र सुनकोशी विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

चम्पादेवी र सुनकोशी विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

- Advertisement -spot_img

ओखलढुङ्गा, असोज २० । ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

सरकारले बाढी पहिरो प्रभावित देशका ४१ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोमा ओखलढुङ्गाका यी दुई पालिका सूचिमा परेका हुन्। बाढी पहिरोबाट बढी प्रभावित चम्पादेवी र सुनकोशी गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक डा. नारायण ढकालले बताउनुभयो । 

गत असोज १० गते देखि १३ गते सम्मको भारी वर्षातका कारण सुनकोशी नदीमा आएको बाढीले चम्पादेवी गाउँपालिकाको एउटै वडामा ४२ घर डुबामा परेका थिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा ५०० रोपनी भन्दा बढी धान खेत बाढीले डुवान तथा बगाउँदा हजारौं मुरी पाक्न लागेको धानबाली नष्ट भएको छ । दुई घर बगाउनुका साथै दर्जन घरहरुमा क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । 

बाढीले ओखलढुङ्गासँग जोडिएका दुई वटा झोलुंगे पुल बगाउनुका साथै तीन वटालाई क्षति गरेको छ । सम्बन्धित पालिका र सरोकारवाला निकायको सिफारिस र ताकेताका आधारमा यि दुई पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । विपद् संटग्रस्त क्षेत्र घोषणा भएसँगै राहत वितरण र पुर्नस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । Gorkhapatra online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्