Thursday, January 16, 2025
घरसमाचारग्यास बुलेटसँग कारसँग ठोक्किँदा तीन जना घाइते

ग्यास बुलेटसँग कारसँग ठोक्किँदा तीन जना घाइते

- Advertisement -spot_img

हेटौँडा, भदौ ७ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाैँडा उपमहानगरपालिका ९ मास्टरचोकस्थित सडक खण्डमा ग्यास बुलेटले कारलाई तीन जना घाइते भएका छन् । शुक्रवार बिहान ६ः२० बजेको समयमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा सवारी दुर्घटना भएको हो । 

पथलैयाबाट हेटौँडातर्फ आउँदै एन एल ०१ एल २९७१ नं.को भारतीय एलपी ग्यास बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ग.३च ८४४९ नं.को कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइते हुनेहरूमा कार चालक जिल्ला स्याङ्जा अर्जुन चौपारी नगरपालिका १ का वर्ष ३३ का चूडाबहादुर विष्ट, पोखरा महानगरपालिका ११ का वर्ष ६३ का पुरण श्रेष्ठ र लमजुङ बेसीसहर नगरपालिका ८ की वर्ष १७ की नेहा रानामगर छन् । 

घाइतेहरूको सन्चो अस्पताल हेटौँडामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको र फरार रहेका ग्यास बुलेटका चालकको खोजी कार्य भइरहेको छ । गाेरखापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्