Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः उडान थाल्दै जजिरा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः उडान थाल्दै जजिरा

- Advertisement -spot_img

भैरहवा असोज ५ गते । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान गर्ने भएको छ । व्यावसायिक कारण देखाउँदै गत जेठबाट उडान रोकेको कुवेतको जजिरा एयरवेजले पुनः उडान गर्ने भएको छ । 

गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएकै दिनदेखि गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको जजिराले कात्तिक १५ गतेदेखि उडान गर्ने तयारी गरेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार जजिराले हिउँदे उडान तालिका अनुसार नोभेम्बर पहिलो तारिख (कात्तिक १५) देखि उडान गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक कारण देखाउँदै हाललाई उडान बन्द गरेको जजिराले पहिलेकै उडान तालिका अनुसार पुनः उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतका लागि पत्र पठाएको सुन्नमा आएको आएको छ । स्वीकृतिको प्रव्रिmया पूरा भएपछि पुनः उडान गर्ने अपेक्षा छ ।” 

यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुवेत भैरहवा उडान गर्दै आएको थियो । जजिरालाई हवाई रुटको समस्या नरहेको बताउँदै महाप्रबन्धक पाण्डेले कुवेत–काठमाडौँ–कुवेत हवाई रुटभन्दा कुवेत–भैरहवा–कुवेत हवाई रुट झन्डै दुई घण्टा छोटो रहेकोसमेत बताउनुभयो ।   

प्रतिकूल मौसमसहित आन्तरिक कारण देखाउँदै गत पुस ६ देखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ देखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ देखि उडान रोकेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्