Thursday, January 16, 2025
घरसमाजगुटेरेस: जलवायु परिवर्तनले पारेको असरबारे अरु देशसँग कुरा राख्छु

गुटेरेस: जलवायु परिवर्तनले पारेको असरबारे अरु देशसँग कुरा राख्छु

- Advertisement -spot_img

पोखरा,कात्तिक १४ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा धेरै असर परिरहेको बताएका छन् । यही कारण धेरै ठाउँमा हिमपहिरो गइरहेको उनको भनाइ छ ।

मंगलबार अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखरा विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै गुटेरेशले भने, ‘जलवायु परिवर्तनले धेरै ठाउँमा हिमपहिरो गैरहेको छ ।’

जलवायु परिवर्तनले साना देशलाई धेरै असर पारेको उल्लेख गर्दै उनले यसबाट बच्न प्रभावकारी एकता आवश्यक रहेको औँल्याए । ‘जलवायु परिवर्तनले साना देशलाई प्रतिकूल असर पारेको छ । यो समस्याबाट बच्न प्रभावकारी एकता आवश्यक छ,’ उनले भने ।

प्रभावितहरूलाई अझै बढी आर्थिक सहयोग चाहिएको उल्लेख गर्दै उनले त्यसका लागि अन्य देशहरूसँग कुरा गर्ने बताए । ‘प्रभावितलाई अझै बढी आर्थिक कोष चाहिएको छ । त्यसका लागि म अरु देशसँग आफ्ना कुरा राख्ने छु,’ उनले भने । नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा पुगेका गुटेरेस मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा अन्नपूर्ण आधार शिविर गएका थिए । shilapatra online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्