इजरायल, कात्तिक १७ । इजरायली सेनाले हमासविरुद्ध जारी संघर्षका क्रममा गाजा शहरलाई पूर्ण रूपमा घेरेको जनाएको छ । इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले सेनाले हमासका धेरै स्थानमा आक्रमण गरिरहेको बताए ।
गाजा स्ट्रिपको उत्तरी क्षेत्रमा अवस्थित गाजा शहर युद्ध सुरु हुनुअघि सबैभन्दा घना जनसंख्या भएको क्षेत्र थियो । यहाँ सात लाखभन्दा बढी मानिस बस्दै आएका थिए । तर अक्टोबर १३ मा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई दक्षिणी क्षेत्रमा जान चेतावनी दिएको थियो ।
गाजा शहरमा कति मानिस बसिरहेका छन् भन्ने अझै स्पष्ट भइसकेको छैन, तर प्राप्त तस्वीरहरूले शहरमा जताततै विनाश देखाएको छ र सडकहरू खाली छन् ।
इजरायली सेनाले गाजा शहर हमास गतिविधिको प्रमुख आधार रहेकाे बताउँदै उनीहरूलाई सखाप पार्ने बताउँदै आएकाे छ । शिलापत्रमा छापिएकाे छ ।