Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियगाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा एक इजरायली सैनिक मारिए

गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा एक इजरायली सैनिक मारिए

- Advertisement -spot_img

इजरायल, कात्तिक ६ । इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ । आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन् ।

इजरायलकै सेनाले आफ्नो सेनामा भएको हताहतीबारे जानकारी दिएको हो । घाइते हुनेमा एक इजरायली सेनाको अवस्था गम्भीर छ । इजरायली सेनाले अपहरणमा परेका मानिसहरू बचाउन जमिनको कारबाही सुरुवात गरेको बताएको छ । इजरायली सेनामाथि हमासले एन्टी ट्यांक मिसाइल आक्रमण गरेको अल जजिराले जनाएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा हजारौं रकेटहरु आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले गाजा पट्टीमा दुई हप्ताभन्दा बढी समयदेखि बमबारी गरिरहेको छ । 

इजरायल र हमासबीच १७ दिनयता जारी युद्धमा इजरायलतर्फ १४ सय जनाले ज्यान गुमाएका छन् भने इजरायलको हवाई कारवाहीमा गाजा स्ट्रिपमा ४ हजार ३८५ जनाले ज्यान गुमाएका छन् । गाजामा मृत्यु हुनेमा १७ सय ५६ बालबालिका र एक हजार महिला पनि छन् । शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्