Monday, May 12, 2025
घरराजनीतिगाउँ-गाउँमा पुगेकाे विकासलाइ उपभाेग गर्ने मानिसकाे अभाव, समस्याको समाधान खोजौँ: राष्ट्रपति पौडेल

गाउँ-गाउँमा पुगेकाे विकासलाइ उपभाेग गर्ने मानिसकाे अभाव, समस्याको समाधान खोजौँ: राष्ट्रपति पौडेल

- Advertisement -

काठमान्डाैं, पुष १० । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ-गाउँमा पुगेकाे विकासलाइ उपभाेग गर्नका लागि मानिसकाे अभाव भएकाे भनेर चिन्ता व्यक्त गरेका छन् । उनले लोकतन्त्रपछि गाउँमा भएकाे विकासलाइ मानिसकाे अभावमा गाउँ किन रित्तिँदैछ भन्ने विषयमा चिन्ता गरेर समस्याको समाधान खोज्न आग्रह गरे।

आफूले अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार क्याम्पस परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवा ताँती लागेर विदेशिने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए ।

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदै छ ? नीति निर्माण र शासन सत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा उनले जोड दिए । समारोहमा त्यसबेला आफूलाई अध्यापन गराउने गुरु प्रा.डा. शंकरराज पाठकले गरेको आग्रहप्रति संकेत गर्दै राष्ट्रपति पौडेलले भने, ‘गुरुको आज्ञा उल्लंघन नगर्नु भन्ने हाम्रो संस्कार हो, शिक्षकको अनुशासनमा बस्नेकै उन्नति हुन्छ, गुरुले मलाई आज्ञा त गर्नुभयो तर उहाँले पढाउनुभएको शिक्षाबाटै आज म जुन पदमा छु, जुन सीमामा छु त्यसलाई पनि उहाँले ख्याल गर्नु नै हुनेछ भन्ने मलाई विश्वास छ ।’ शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्