Saturday, May 24, 2025
घरराजनीतिगाउँमा सिंहदरबार पुग्नुभन्दा सेवा पुग्नु महत्त्वपूर्ण हो : प्रचण्ड

गाउँमा सिंहदरबार पुग्नुभन्दा सेवा पुग्नु महत्त्वपूर्ण हो : प्रचण्ड

- Advertisement -

गुलरिया (बर्दिया) वैशाख १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई ती सिंहदरबारले के कस्तो सेवा दिइरहेका छन् भन्ने महत्त्वपूर्ण भएको बताउनुभएको छ । उहाँले गाउँगाउँमा आएका सिंहदरबारबाट जनताले सेवा पाइरहेको विश्वास व्यक्त गर्नुभएको छ । 

बर्दियाको राजापुर नगरपालिका वडा ६ को वडा कार्यालय भवन उद्घाटन गर्दै पूर्व प्रधामन्त्री एवं अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले संविधान निर्माणको क्रम जनताको घर दैलोमा सेवा पाउन् भनेर धेरै नै मिहिनेत र अभ्यास गर्नु परेको बताउनुभयो । देश सङ्घीयतामा गइसकेपछि जनताले घरदैलोमा सेवा सुविधा पाएको बताउनुभएको छ ।

स्थानीय सरकारहरू गठन भएर सिंहदरबार सबैतिर आएकोमा आफूलाई गर्व लागेको बताउनुभयो । “नगरपालिकाका र वडाका प्रशासकिय भवन बन्नु जनतालाई दिइने सेवा सुविधाका लागि राम्रो कुरा हो । हामीले त्यो भवनबाट जनतालाई सेवा दिन कति सक्यौ कति सकेनौ भन्ने कुरा महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयाे । 

अहिले जनताका विकासका आकाङ्क्षाहरू पूरा गर्ने, रोजगारी पूरा गर्ने र सेवा प्रवाह गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्ड लगायतको नेकपा माओवादी केन्द्रको टोली हुलाकी सडक केन्द्रित तराई मधेश जागरण अभियानको क्रममा बर्दियाको राजापुर आइपुगेको छ । राजापुर नगरपालिकामा वडा कार्यालय उद्घाटन, कभर्डहल उद्घाटन, खुला व्यायामशाला उद्घाटन, शहीद तथा बेपत्ता परिवारसँग भेटघाट र जागरण सभा सम्बोधन गर्नुे कार्यक्रम रहेको छ।  Gorkhapatra online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्