काठमाडौं, साउन ८ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नुर्वु मानव वेचबिखनको कसुरमा पनि पक्राउ परेका व्यक्ति हुन् । नारायणाी अनलाइन https://narayanionline.com/2024/07/335780/