Tuesday, October 8, 2024
घरराजनीतिगलत र भ्रामक सूचना दिने आफै दण्डित हुन्छन्: राष्ट्रपति पौडेल

गलत र भ्रामक सूचना दिने आफै दण्डित हुन्छन्: राष्ट्रपति पौडेल

- Advertisement -spot_img

काठमाडौँ, असोज ६ गते । लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गको रूपमा मानिएपछि पछिल्लो समय केही गलत अभ्यासहरू पनि हुने गरेको बताउनुहुँदै गलत र भ्रामक सूचना सम्प्रेषण गर्ने आफैँ दण्डित हुने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवका अवसरमा उहाँले यस्तो बताउनु भएको हो । 

पत्रकार वा प्रेसलाई कुनै कानुन, नियम बनाएर नियन्त्रण गर्नुपर्छ भन्ने दृष्टिकोणको म सँंधै विपक्षमा उभिँदै आएको हुँ । गलत र भ्रामक सूचना दिने सञ्चारमाध्यमलाई पाठक, श्रोता वा दर्शकले दण्डित गर्दछन् भन्ने दर्शनमा मलाई विश्वास छ । सञ्चारकर्मी र सञ्चारमाध्यम आफैँ जिम्मेवार हुन सक्नुपर्छ । 

पत्रकार वा प्रेसलाई कुनै कानुन, नियम बनाएर नियन्त्रण गर्नुपर्छ भन्ने दृष्टिकोणको म सँंधै विपक्षमा उभिदैँ आएको हुँ । गलत र भ्रामक सूचना दिने सञ्चारमाध्यमलाई पाठक, स्रोता वा दर्शकले दण्डित गर्दछन् भन्ने दर्शनमा मलाई विश्वास छ । सञ्चारकर्मी र सञ्चारमाध्यम आफैं जिम्मेवार हुन सक्नुपर्छ । 

तर पनि समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता तथा मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग होस् भनेर लोकतन्त्रमा काउन्सिलजस्ता निकाय स्थापना गरी आचारसंहिता तोक्ने, कार्यान्वयन भए, नभएको अनुगमन गर्ने जिम्मेवारी बहन गर्दै आइरहेको छ ।

सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउनका लागि काउन्सिलको भूमिका महत्त्वपूर्ण हुन्छ । प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयंको पनि निष्पक्ष र स्वतन्त्र तथा सृजनात्मक भूमिका हुनु पर्ने उहाँले बताउनुभयो । 

स्वस्थ पत्रकारिताको विकासका लागि उपर्युक्त वातावरण सृजना गरी यो क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन काउन्सिलको स्थापना भएको हो । काउन्सिलले आज स्थापना दिवस मनाउनमा खुसी व्यक्त गर्नुहुँदै उहाँले प्रेस काउन्सिलको बेग्लै इतिहास, गरिमा र महत्त्व रहेकाले त्यसलाई झन् बढाउन आजको दिनले सबैलाई प्रेरित गरोस् भनी शुभकामना समेत दिनुभयो । 

गोरखापत्रमा छापिएको छ

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्