Wednesday, October 9, 2024
घरअर्थगतवर्षको तुलनामा यसवर्ष खसी,बोका,भेडा तथा च्याङ्ग्राको व्यापार भएन् 

गतवर्षको तुलनामा यसवर्ष खसी,बोका,भेडा तथा च्याङ्ग्राको व्यापार भएन् 

- Advertisement -spot_img

काठमाडौं,कात्तिक १४ गते । गतवर्षको तुलनामा यसवर्ष खसी,बोका,भेडा तथा च्याङ्ग्राको व्यापार खस्किएको छ । यस वर्षको दशैँमा उपभोक्ताले मासुको खपत घटाएको व्यवसायीको भनाइ छ । 

कलंकी खसीबजारका व्यवस्थापक जिवनराज खतिवडाका अनुसार यसर्ष खसी,बोका तथा च्याङ्ग्राको व्यापार २५ प्रतिशतले घटेको बताउनुहुन्छ । कलंकी खसीबजारबाट मात्रै अघिल्लो वर्षमा २७ हजार खसी, बोका तथा च्याङ्ग्रा बेचेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, गतवर्ष कलंकीबाट मात्र २७ हजार खसी,बोकातथा च्याङ्ग्रा बिक्री हुन्थ्यो , यसपाली मुस्किलले २१ हजार बिक्री भएका छन् । 

अघिल्ला बर्षको दशैँमा काठमाडौं उपत्यकामा ५५ हजार खसी,बोका, भेडा,राँगा र च्याङग्रा बिक्री भएकोमा यो बर्षको दशैँमा घटेर ४५ हजार मात्र बिक्री भएको उहाँको भनाइ छ । यस बर्षको दशैँमा मासु काटेर बिक्री गर्ने पसलहरुमा समेत भिडभाड कम देखिएको उहाँ बताउनुहुन्छ । आर्थिक मन्दीको असरले काठमाडौंमा मात्र नभई देशैभर नैखसी,बोका तथा च्याङ्ग्राको व्यापार घटेको खतिवडाको भनाइ छ । 

सरकारकै खसी,बोका पनि बिकेनन्

दशैँमा उपभोक्तालाई सहुलियत दिन सरकारी स्वामित्वको खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउका खसी, बोका तथा च्याङ्ग्रा पूर्ण बिक्री हुन सकेनन् । दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका दुई हजार २०१ वटा खसी,बोका तथा च्याङ्ग्रामध्ये एक हजार ९०० बिक्री भएका छन् 

खाद्यले घटस्थापनादेखी खसी,बोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको थियो । व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस बर्ष एक हजार ६५९ खसी ,बोका काठमाडौं ल्याइएको थियो भने ५४२ च्याङ्ग्रा खरिद गरी काठमाडौं ल्याइएको थियो । सुवेदीले बताएअनुसार कम्पनीको तर्फबाट गतबर्षको तुलनामा यसवर्ष बढी खसी,बोका तथा च्याङ्ग्रा बिक्री भएका छन् । 

सूचना अधिकारी सुवेदीका अनुसार गतवर्ष एक हजार ६०० को हाराहारीमा मात्र खसी,बोका तथा च्याङ्ग्रा विक्री भएका थिए । यसवर्ष गतवर्षको तुलनामा ३०० बढीले बिक्री भएका हुन् । तर,समग्रमा यसवर्ष गतवर्षको तुलनामा खसी,बोका तथा च्याङ्ग्राको व्यापार घटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, गतवर्षको तुलनामा यस वर्ष खाद्य कम्पनीले ल्याएका खसी,बोका तथा च्याङ्ग्राको बिक्री बढी भएको छ । समग्रमा अन्य विक्रेताहरुको समेत गणना गर्दा व्यापार कम भएको छ । 

अहिले देशमा रहेको आर्थिक मन्दीको असर खसी,बोकाको खरिदविक्रीमा समेत परेको उहाँको भनाइ छ । 

बाँकी रहेका खसी,बोका तथा च्याङ्ग्राको मूल्य क्रमश ः ६०० र एक हजार १६० रुपियाँमा तोकिएको छ । यसअघि खसी,बोका तथा च्याङ्ग्राको मूल्य क्रमशः ६५० र एक हजार २२५ रुपियाँ थियो । Gorkhapatra dainik online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्