पुष १६ । भारतकाे मध्य प्रदेशको खरगोन जिल्लामा क्रिकेट खेल्ने क्रममा एक युवकको हृदयाघातका कारण मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यसबारे जानकारी दिएका हुन् ।
२२ वर्षीय युवा इन्दल सिंह जाधवलाई खेलमा बलिङ गर्ने क्रममा कठिनाइ भएको थियो । युवकलाई मृत अवस्थामा अस्पताल ल्याइएको स्थानीय अस्पतालका डा विकास तलवाडेले बताए ।
हृदयाघातका कारण युवकको मृत्यु भएको र पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको चिकित्सकले बताए । खेलका क्रममा इन्दलले छाती दुखेको भनेकाे र त्यसपछि रुखमुनि बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
खेल सकिएपछि इन्दलले आफ्ना साथीलाई नजिकको अस्पताल लैजान आग्रह गरेका थिए । अस्पताल पुग्दा चिकित्सकले इन्दललाई मृत घोषणा गरेका थिए । शिलापत्र