Thursday, January 16, 2025
घरखेलकूदक्यानडाविरुद्ध नेपालकाे सात रनले जित

क्यानडाविरुद्ध नेपालकाे सात रनले जित

- Advertisement -spot_img

काठमाडौं, माघ २५ । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो ।

क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेले । यस्तै परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्ककमा रन जोड्न सकेनन् ।

क्यानडालाई हराउन कसिलो बलिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले चार विकेट लिए । ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफ एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धसतकीय इनिङ्स खेल्दै ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

यस्तै आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए । यस खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरेका हुन् ।

बलिङमा क्यानडाका उदय भगवानले तीन विकेट लिए । साद विन जफर र इश्र्वारजोत सोहीले दुई दुई तथा साहित अमदजाई र हर्स थाकेरले एक एक विकेट लिए । अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्