Sunday, January 19, 2025
घरअन्यकोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो

कोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो

- Advertisement -spot_img

वराहक्षेत्र(सुनसरी), साउन २९ गते । सप्तकोशी नदीमा ११ वर्षकै  पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । 

सोमवार बिहान ६ बजेको मापन अनुसार ४ लाख ५२ हजार ७ सय १० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनु भयो । यादबका अनुसार ११ वर्षकै कोशीमा पानीको उच्च बहाव मापन गरिएको छ । अहिले व्यारेजमा आवतजावत बन्द गरिएको कान्टोल रुमका अमित यादवले बताउनु भयो ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च भएको छ । कोशीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन । राजावा, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । Gorkhapatraonline

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्