Thursday, December 11, 2025

कोरियाबाट फर्केकाका लागि पुुनः आवेदन खुला

काठमाडौँ, असार ३१ । रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो ।

सो शाखाका अनुसार इपिएसमार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाले मात्रै आवेदन दिन पाउने छन् । त्यस्ता श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने छन् ।

उत्पादनमूलक क्षेत्रमा फाराम भर्न चाहनेले फाराममा उल्लेख भएका आठ वटा समूहमध्ये जुन उपसमूहमा फाराम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित आठ वटा प्रश्नको उत्तर दिनुपर्ने छ । इपिएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यही साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।

परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुने छ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सो शाखाले जनाएको छ । सो शाखाका अनुसार परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने छ । Gorkhapatra Online

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार