Monday, December 9, 2024
घरशिक्षाकोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

- Advertisement -spot_img

काठमाडौं,साउन १४ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । इपीएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको जनाएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको हो ।

आवेदन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भर्न सक्नेछन् । यहि साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ

आवेदन फाराम https://eoers.epsnepal.gov.npमा गए अनलाइनबाट भर्नु पर्नेछ । यसका लागि https://eoers.epsnepal.gov.np को पहिलो पेजमा नै डेमो हेर्न सकिनेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ । स्रोत नारायणी अनलाईन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्