Friday, December 6, 2024
घरअन्तर्राष्ट्रियकोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग

कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग

- Advertisement -spot_img

काठमाडौँ, पुस १६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनको आदेशसँगै पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुला गरेको हो । 

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आजदेखि १८ गतेसम्म फाराम भर्न सकिने गरी आवेदन खुला गरेको हो । सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७ सय ८ वटा आवेदन परेका थिए भने भाषा परीक्षामा तीन हजार ९ सय ८९ जना उत्तीर्ण भएका छन् । अब उत्पादन क्षेत्रका लागि आवेदन दिने ३० हजारभन्दा बढी थपिने छन् । 

श्रम मन्त्रालयले भने अदालतको यो आदेश र सरकारको निर्णय कोरियाको नियमविपरीत भएको यसअघि नै बताइसकेको छ । पछिल्लो समय कोरिया रोजगारीलाई लिएर भएका आन्दोलनका कारण नेपालीहरूको आकर्षक श्रम गन्तव्य मानिने कोरियाले अनपेक्षित निर्णय लिन सक्ने खतरा बढेकाे बताइएकाे छ । 

कोरियाको नियम अनुसार एउटा परीक्षामा सामेल भइसकेको व्यक्ति एकै वर्ष अन्य कोरियाली भाषा परीक्षामा सामेल हुन नपाउने व्यवस्था छ । नेपालमा अदालतको आदेश र सरकारको निर्णयबारे कोरियाले प्रतिक्रिया दिइसकेको छैन ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्