काठमाडौँ, चैत २४ । इजरायलमा सहायक श्रमिकका रूपमा केयरगिभरका लागि २१ जनाकाे करार सम्झौता भएकाे छ ।
सरकारले ४२५ युवामध्ये २१ जनाकाे स्वास्थ्य परीक्षण गरेर करार सम्झौता गरेकाे छ ।
वैदेशिक राेजगार विभागका अनुसार इजरायलमा केयरगिभरका लागि राेजगारदाथाले श्रम सम्झौता गरेपछि नेपाली युवा जान पाएका हुन् । श्रम, राेजगार तथा समाजिक सुरक्षा मन्त्रालयकाे पटक पटककाे आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनाेट भएका युवलाई राेजगारि दिने थालेकाे हाे । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको हो ।
इजरायलमा सहायक श्रमिकका रूपमा विभिन्न वृद्धाश्रममा काम गर्न जान छनोटमा परेकाहरू युद्धका कारण एक वर्षसम्म जान पाएका थिएनन् । अहिले केयरगिभर आवश्यक परेकाले इजरायले श्रम सम्झौता गर्न थालेको छ । हालसम्म पटक पटक गरेर २१ नेपालीले रोजगारदातासँग श्रम सम्झौता गरिसकेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो । गाेरखापत्र दैनिक अनलाइन