Thursday, December 5, 2024
घरकृषिकृषि ज्ञान केन्द्र द्धारा दश मेट्रिक टन आलुको बीउ वितरण

कृषि ज्ञान केन्द्र द्धारा दश मेट्रिक टन आलुको बीउ वितरण

- Advertisement -spot_img

परासी २० कात्तिक । पश्चिम नवलपरासीमा कृषि ज्ञान केन्द्रले नवलपरासीले किसानलाई दश मेट्रिक टन आलुको बीउ वितरण गरेको छ । किसानहरु लाई आत्मनिर्भर बनाउनका लागि कृषि ज्ञान केन्द्र नवलपरासीले बर्दघाट नगरपालिकाको वडा नं. १५ मा आलुको बीउ वितरण गरेको हो ।

सघन आलु बाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र नवलपरासीले बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ द्धारा आलुको बीउलाई वितरण गरेकोे कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी समिर मगरले बताए । उनका अनुसार उक्त वडाको तेलहा पोटहा क्षेत्रमा व्यवसायिक आलु उत्पादन गर्नका लागि मनकामना कृषक समूह (महिला समुह) मार्फत आलुको बीउ बितरण गरिएको हो । ७ वटा कलस्टर गरेर उत्पादन हुने उक्त आलु ६ सय कठ्ठ (२० हेक्टर) मा गरिने छ । पहिला खासगरी आलुलाई समान्य व्यवसायिक तरिकाले लगाउने गरिएपनि अहिले कृषि ज्ञान केन्द्रले संघन रुपमा आलु बाली विस्तार गरेर गरिने उनले बताए । कार्डिनल जातको आलुको बिउ १० मेट्रिक टन (एक सय) बितरण गरिएको जस्मा डाईहिथिन ४५ विषादी पनि वितरण गरिएको । उक्त विषदीले आलुलाई फंगल रोग बाट बचाउने बागबानी विकास अधिकृत तथा सूचना अधिकारी मगरले जानकारी गराएका छन् । त्यस्तै अपुग भएको आलुको बीउमा टिपियस जातको आलु लगाईने उनले भने ।

यस्तै त्यहाँ बाट उत्पादन भएको आलुलाई बजार सम्म ल्याउन र नगरको कृषि उपज केन्द्रमा भण्डार गर्नको लागि नगरपालिकाले निशुल्क भण्डारण तथा ढुवानी खर्च समेत नतिर्नुपर्ने नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले बताए । कृषिलाई प्राथ्मीकतामा राखेर अगाडि बढ्दै गरेको नगरपालिकाले कृषि उत्पादनमा सधैं अग्रसर रहने समेत श्रेष्ठले भनेका छन् ।

त्यस्तै आलुलाई आवश्यक विषादि तथा भिटामिन (आलुमिन) कृषि ज्ञान केन्द्रले उपलब्ध गराउने छ । भने प्राविधिक सहयोग नगरपालिकाको कृषि शाखाले गर्ने बर्दघाट नगरपालिकाका कृषि शाखा प्राविधिक खुमाकान्त न्यौपानेले बताए । व्यवसायमा आधारित कृषि गर्नका लागि यसले महत्वपुर्ण भुमिका खेल्ने सरोकारवालाहरु ले भनेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्