Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियकुवेतमा एक हजार नेपाली अलपत्र

कुवेतमा एक हजार नेपाली अलपत्र

- Advertisement -spot_img

काठमाडौं, भदौ २२ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन् । विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन् ।

कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन् । कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन् ।

पीडितहरूले काठमाडौंस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यू एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत कुवेत पुगेको बताएका छन् ।

वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाको दिनहुँ विमानस्थलमा लर्को लाग्छ । कमाउन बिदेसिने सबै सफल हुन्छन् भन्ने छैन । कतिपय म्यानपावर कम्पनीको गैरजिम्मेवारीका कारण विदेश गएका युवा समस्यामा पर्छन् ।

नागरिकको सम्पर्कमा आएका कुवेतमा अलपत्र एक युवकका अनुसार उनीहरू मासिक ८५ केडी तलब कमाइ हुने भन्दै म्यानपावर कम्पनी र एजेन्टलाई १ लाख ६० हजारदेखि २ लाख रूपैयाँसम्म बुझाएर त्यहाँ गएका हुन् । यो समाचार नागरिक दैनिकमा छ । नारायणी अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्