Thursday, January 16, 2025
घरसुस्ताकुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ

कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ

- Advertisement -spot_img

परासी, पुष १८ । पश्चिम नवलपरासीको सुस्तामा क्रुरतापुर्वक कुकुरलाई मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ५ वटा बच्चा र एउटा माउ सहित ६ वटा कुकुरलाई क्रुरतापुर्वक मार्ने सुस्ता गाँउपालिका वडा नम्बर ५ बेलवानी बस्ने वर्ष ३३ का राजकुमार सारु मगर र सोहि स्थानका वर्ष २८ का अमन कुमार चिदि मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अमन र राजकुमारले नारायणी नदीको छेउ ठांडीघाटस्थित ५ नम्बर ठोक्कर नदीको छेउमा पुस १३ गते कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेका थिए। उक्त भिडियोपछि कुकुर मार्नेहरुको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो।

यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लङघन देखिएको भन्दै सो कसुरमा संलग्न दुई जनालाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिनुभएकाे छ । उनीहरुलाई जिल्ला अदालत परासीबाट पशुपन्छीसम्बन्धी कसुरमा सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्