Sunday, January 19, 2025
घरस्थानीयकार्यसम्पादन मुल्यांकनमा नवलपरासी प्रशासन २९ औँ स्थानमा

कार्यसम्पादन मुल्यांकनमा नवलपरासी प्रशासन २९ औँ स्थानमा

- Advertisement -spot_img

परासी, साउन २४ । कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले २९औँ स्थानमा परेकाे छ । ९३ दशमलव ८१ अंक प्राप्त गरेको आधारमा उक्त स्थानमा परेको हो ।

गत आर्थिक वर्षमा पश्चिम नवलपरासी २८ औँ स्थानमा थियो । अहिले एक अंक तल झर्दे २९ औँ स्थानमा पुगेको छ । यस्तै छिमेकि जिल्ला रूपन्देही ९८ अंक सहित पहिलाे स्थानमा रहेकाे छ । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् । जिल्ला प्रशासन कार्यालयहरूले मन्त्रालयले विकास गरेको सीआइएमएस प्रणालीमार्फत गरेको प्रतिवेदनलाई मुद्दाहरूको फर्छ्यौट, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फर्छ्यौट, नागरिकता सम्बन्धी उजुरी फर्छ्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत प्राप्त उजुरी, राष्ट्रिय सतर्कता केन्द्रमार्फत प्राप्त उजुरी र मन्त्रालयमार्फत पठाइएका उजुरीहरूको फर्छ्यौट, उपभोक्ता हित विपरीतका कार्यहरू सम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट, सरकारी वा सार्वजनिक जग्गामा भएको अतिक्रमण सम्बन्धी उजुरी एवं गुनासो फर्छ्यौट लगायत निरीक्षण गर्ने गरिन्छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्